• मंसिर १२ २०८१, बुधबार

बुद्धि बंगारा पलाउँदा किन दुख्छ?

पुष २६ २०८०, बिहीबार

सबैको मुखमा बुद्धि बंगारा पलाउनुपर्छ वा पलाउँछ नै भन्ने हुँदैन। बुद्धि बंगारा पलाउने उमेरसम्म हाम्रो मुखमा अरु सबै दाँत पलाइसकेर बुद्धि बंगाराको लागि ठाउँ नपुगेमा सो दाँत हड्डीभित्र नै फसेर बस्ने,  थोरै अथवा आधा मात्र पलाउने, छड्के गालापट्टि पलाउने गर्छ।

समान्यत: थोरै अथवा आधा मात्र पलाउने, छड्के गालापट्टि पलाउँदा सो दाँतमाथिको गिजा अथवा मासुमा इन्फेक्सन भएर मुख सुन्निने, ज्वरो आउने, मुख आँ गर्न नै नसकिएर खान, बोल्न नै समस्या हुने, अझ लामो समय रहेमा बेस्सरी पाकेर बाहिर गालाबाट नै पिप निस्कने, लुडविग इञ्जेनासम्म भएर जीवनमाथि नै खतरा हुने अवस्थासम्म हुनसक्छ।