• आश्विन १३ २०८१, आईतवार

बन्दागोबीको फाइदा

पुष २६ २०८०, बिहीबार

बन्दागोभीमा भिटामिन बी ६, भिटामिन सी, फाइबर, क्याल्सियम, म्याग्नेसियम, पोटासियम जस्ता पोषक तत्वहरू पाइन्छ जसले मानव स्वास्थ्यलाई धेरै फाइदा गर्छ ।

यसमा फाईबर पर्याप्त हुन्छ र भिटामिन K,С, А, Iron, B6 र Folate को पनि राम्रो स्रोत मानिन्छ । यसमा क्यालोरी कम हुन्छ जसले गर्दा मधुमेह विरामीकोलागि उपयुक्त मानिन्छ ।

यसमा पाईने एन्टिअक्सिडेन्ट (Polyphenols) ले विशेष गरेर दिर्घरोगहरू लाग्न बाट बचाउँछ । समग्र रूपमा यसले मुटु स्वास्थ्यलाई सुधार गर्दछ र उच्च रक्तचाप नियन्त्रणमा सकारात्मक परिवर्तन ल्याउछ ।

सुगर (मधुमेह), मोटोपना भएकोलाई उपयुक्त मानिन्छ, यसमा पाइने Soluble fiber र Plant Sterols ले कोलेस्ट्रोल घटाउन मद्धत गर्दछ ।

सुगर, उच्च रक्तचाप, कोलेस्ट्राल, मोटोपना र मुटुरोगीहरूकोलागि स्वास्थ्यवर्धक तरकारीको रूपमा मानिन्छ ।