काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले ८ वर्ष कैद सजायसहित ३ लाख जरिवाना भराउने फैसला भएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीप विरुद्ध सजाय, जरिवाना र पीडितलाई क्षतिपूर्ति दिने फैसला गरेको हो । नाबालिग बलात्कार आरोपमा प्रहरीले लामिछानेलाई २०७९ असोज २० मा नियन्त्रणमा लिएको थियो ।
उनीविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत्त गौशालामा २०७९ भदौ २१ मा बलात्कारको जाहेरी दिएकी थिइन् । अदालतले पीडित महिलाको उमेर पुगेको ठहर समेत गरेको छ ।