काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो लाग्ने क्रम जारी छ । सुनको कारोबार मूल्यमा मंगलबार २ सय रुपैयाँ घटेको छ । चार दिनदेखि स्थिरतापछि घट्न सुरु भएको सुनको मूल्य सोमबार तोलामा ७ सय घटेको थियो ।
मंगलबार सुनको कारोबार मूल्य प्रति तोला १ लाख १८ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार १ लाख १८ हजार ८ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको कारोबार मूल्य सोमबार कायम प्रति तोला १४ सय १५ रुपैयाँमा मंगलबार स्थिर छ । यसअघि बितेका चार दिन सोमबारसम्म तोलाको १४ सय २० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तराष्ट्रिय बजारमा के छ मूल्य ?
अन्तर्राष्ट्रिय बजारमा ठूलो अंकको घटबढको क्रम सुस्त छ । मंगलबार सुन प्रति औंस २०३२.१३ डलरले कारोबार भइरहेको छ । सोमबार २०३१.८ डलर थियो भने आइतबार २०४५.५७ डलर थियो ।
चाँदीमा पनि झिनो बढोत्तरी छ । मंगलबार प्रति औंस २३.०९ डलरले कारोबार भइरहेको छ । आइतबार २३.१९ डलर रहेकोमा घटेर सोमबार २२.९९ डलर भएको थियो ।