शोभा गुरुङ, नेपालगन्ज । लायन्सका संस्थापक मेल्बिन जोन्सको १४५औं जन्मोत्सव बाँके र बर्दियामा आज देखि सप्ताह व्यापी विभिन्न कार्यक्रम गरी मनाइदैछ ।
बिश्वको सबै भन्दा ठूलो सामाजिक संस्था लायन्स क्लब ईन्टरनेशनलका संस्थापक मेल्बिन जोन्सको १४५ औं जन्मोत्सव डिस्ट्रिक्ट ३२५ एन अन्तर्गत एरिया नं. ४ बाँके र बर्दियाको लायन्स क्लबहरुको संयुक्त आयोजनामा पुस २२ गते देखि २८ गते सम्म लायन्सको क्षेत्र अन्तर्गत पर्ने मुख्य ६ वटा काम क्यानसर, भोकमरी, बाताबरण , दृस्टी , युवा, मानबियता, फेलोसिप तथा अन्य सामाजिक कार्यलाई समेटी मनाउन लागेको कार्यक्रमका संयोजक सरिता शाक्यले जानकारी दिइन् ।

साप्ताहव्यापी कार्यक्रममा बिश्वभरका मानिसहरुलाई यस्ता सामाजिक कार्यमा आउने प्रेरणा प्रदान गर्ने मेल्बिन जोन्सको जन्मोत्सवलाई भब्य बनाउन सम्पुर्ण लायन्स सदस्य, नागरिक समाज र पत्रकारहरुलाई आव्हान पनि गरिन् ।

पत्रकार सम्मेलनमा लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट गभर्नर मुकुल ढकाल, पूर्व डिस्ट्रिक्ट गभर्नर मधुसुदन रिजाल, सेम शाक्य र डिस्ट्रिक सेक्रेटरी उमा थापामगर लगायत लायन्स पदाधिकारिहरुको उपस्थिति रहेको थियो ।
