• मंसिर १५ २०८१, शनिबार

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन

पुष २२ २०८०, आईतवार

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको छ । आइतबार प्रदेश निर्वाचन कार्यालयमा अन्तिम नामावली प्रकाशन गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार, कोसी प्रदेशमा ३६७ मतदाता कायम भएका छन् । मधेस प्रदेशमा ३७४ जनाको नामावली प्रकाशन गरिएको छ । वाग्मती प्रदेशमा ३४७, गण्डकी प्रदेशमा २३० मतदाता कायम भएका छन् । लुम्बिनी प्रदेशमा ३०५, कणर्ाली प्रदेशमा १९६ मतदाताको नामावली प्रकाशन गरिएको छ ।

सुदूरपश्चिम प्रदेशमा २२८ मतदाता कायम भएका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख हुन् । आउँदो माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदैछ । त्यसका निम्ति सोमबार (भोलि) भोलि उमेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ ।