काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यको उमेदवार टुंगो लगाएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकबाट उमेदवारको नाम तय गरिएको हो ।
कोसी प्रदेशको सिटमा महिला कोटातर्फ चम्मादेवी कार्की, वाग्मती प्रदेशमा अन्यतर्फ श्रीकृष्ण अधिकारी र गण्डकी प्रदेशमा महिलातर्फ मनरूपा शर्माको नाम टुंगो लगाइएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
लुम्बिनी प्रदेशमा अन्यतर्फ झक्कु सुवेदी, कर्णाली प्रदेशमा दलिततर्फ विष्णु विश्वकर्मा र सुदूरपश्चिम प्रदेशमा महिला कोटातर्फ रेणु चन्दलाई पार्टीले उमेदवार बनाउने निणर्य गरिएको उनले बताए । आउँदो माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदैछ । त्यसका निम्ति सोमबार (भोलि) भोलि उमेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ ।