• मंसिर १५ २०८१, शनिबार

गठबन्धनले राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यमा दुर्गा पौडेललाई पठाउने

पुष २२ २०८०, आईतवार

काठमाडौं । राष्ट्रपतिले मनोनीत गर्ने राष्ट्रिय सभा सदस्यमा सत्ता गठबन्धनले दुर्गा पौडेललाई पठाउने भएको छ । उनी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष हुन् ।

जनमोर्चाले सत्ता गठबन्धनमा एक सिट मागेको थियो । आइतबार बिहान बसेको गठबन्धनको बैठकले पौडेललाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने कोटामा पठाउने निणर्य गरेको हो ।

फागुन २० गते रिक्त हुने विमला राई पौड्यालको स्थानमा पौडेल मनोनीत गर्ने गरी आइतबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा सहमति जुटेको हो ।

पौडेल प्यूठानबाट गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा उम्मेदवार थिइन् । उनी एमालेका सूर्य थापासँग पराजित भएकी थिइन् ।