• जेष्ठ ७ २०८३, बिहीबार

काठमाडौंमा केकमा गाँजा मिसाएर बिक्री गर्ने गरेको खुलासा, एकजना पक्राउ

पुष २२ २०८०, आईतवार

काठमाडौँ । काठमाडौँमा गाँजा मिसाएर केकको व्यापार हुने गरेको खुलासा भएको छ । सो कार्यमा संलग्न एक जना पक्राउ परेसँगै यसबारे रहस्य खुलेको भएको हो । लागु औषध नियन्त्रण ब्युरोले राजधानीको घट्टेकुलोबाट विशन मानन्धरलाई पक्राउ गरेको हो । उनले अनलाइनमार्फत् युवा लक्षित कारोबार गर्दै आएको अनुसन्धानबाट खुलेको ब्युरोका प्रवक्ता चक्रराज जोशीले जानकारी दिए ।

ती युवकले इन्स्ट्राग्राममार्फत् समेत एक अकाउन्ट बनाउँदै लागु औषध प्रयोग गरी मुफिन लगायतको केक बनाउँदै बिक्री वितरण गर्ने गरेको पाइएको जोशीले बताए । यसबारे सूचना प्राप्त भएपछि ब्युरोको टोलीले मानन्धरलाई उनकै घरबाट पक्राउ गरेको उनको भनाइ छ ।

उनको घर-कोठाबाट विभिन्न लागु औषध समेत बरामद भएको उनले जानकारी दिए । पक्राउ गरिएका विशन मानन्धरले आफ्नै घरमा विगत १ बर्षदेखि गाँजा मिसावट गरिएका केकका विभिन्न प्रकारहरु बनाई अनलाइन डेलिभरी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

यस्तै ब्युरोले अनुसन्धानको क्रममा मानन्धरले अनलाइनमार्फत बिक्री वितरण गर्ने गरेको गाँजा मिसाई तयार गरिने केकहरुको मेनु समेत फेला पारेको छ । जसमा लगायत रहेका छन् । उनीमाथि लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।