काठमाडौं । नेपाल प्रहरीले एकै पटक ठूलो सङ्ख्यामा सहायक हवलदारको सरुवा गरेको छ।
प्रहरी प्रधान कार्यालयले बिहीबार चार हजार ९२ सहायक हवल्दार सरुवा गर्ने निर्णय गरेको हो ।
प्रहरी प्रधान कार्यालयले आवश्यकताअनुसार सरुवा गर्नुपर्ने भएकाले माघ महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने व्यवस्था मिलाइएको जनाएको छ ।