• जेष्ठ ७ २०८३, बिहीबार

एमाले सचिवालय बैठक बस्दै

पुष २० २०८०, शुक्रबार

काठमाडौं ।  नेकपा एमालेको सचिवालय बैठक बस्दै छ ।
ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे बैठक बोलाइएको  हो ।

राष्ट्रियसभा उम्मेदवारको चयन, सत्तारूढ गठबन्धनमा भइरहेको कसरत,  ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने लगायतको विषयमा छलफल गर्न यो बैठक बस्न लागेको एमालेले जनाएको छ ।