काठमाडौं । राष्ट्रियसभामा चुनावमा एमालेलाई भाग दिन कांग्रेस सभापति शेरबहादुर देउवा तयार भएपनि संस्थापनइतर समूह भने त्यसको विरोधमा छ ।
इतर समूहका नेता शेखर कोइरालाले कांग्रेस एक्लै राष्ट्रियसभाको चुनाव लड्नुपर्ने बताउँदै आएका छन् । तर, योपटक सभापतिको निणर्यमा विमति राखे पनि चर्को रूपमा कदम चाल्ने पक्षमा देखिएका छैनन् उनी, जति कोशी प्रदेश सरकारमा एक्लै कदम चालेका थिए ।
बिहीबार शेखरले ट्वीट गर्दै सत्ता गठबन्धन र प्रतिपक्षी दल एमालेको आलोचना गरेका छन् । ‘हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन नै धरापमा पर्यो भनेर रोइलो गर्नेहरू नै आज राष्ट्रियसभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन् । कारण स्पष्ट छः सत्ता गठबन्धनका कुनै दललाई टीआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ । अनि एमाले ?’