• मंसिर १३ २०८१, बिहीबार

नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर

पुष १९ २०८०, बिहीबार

काठमाडौं । नेपाल सरकारले भारतसँग १० हजार मेगावाट बिजुली किनबेचको सम्झौतामा हस्ताक्षर गरेको छ ।

सिंहदरबारमा नेपालका तर्फबाट ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका तर्फबाट भारतीय ऊर्जा सचिव पङ्कज अग्रवालले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

ऊर्जा मन्त्रालयका अनुसार सम्झौतामा ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका ऊर्जा सचिव पङ्कज अग्रवालले सम्झौतामा हस्ताक्षर गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट १० वर्षका लागि १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका थिए ।

नेपाल र भारतबिच १० हजार मेगावाट बिजुली किनबेच गर्ने सम्झौताले अन्तिमरुप पाएपछि भने बिजुलीलाई वस्तु जस्तै किनबेच गर्न सकिनेछ । हाल नेपालबाट भारततर्फ साढे ६ सय मेगावाट बिजुली निर्यात हुँदै आइरहेको छ । यो सम्झौता सम्पन्न भएसँगै नेपाललाई बढी हुने सबै बिजुली भारत निर्यात हुनेछ ।