• मंसिर १२ २०८१, बुधबार

थाहा पाउनुहोस् हाम्रो शरीरको तौल बढ्ने कारण:

पुष १९ २०८०, बिहीबार

स्वस्थ्य र फिट रहन हामी अनेकौं उपाय अपनाउँछौ । तर हामीले अफिसमा गर्ने केही गल्तीले सबै उपाय बेकार बनिदिन्छ कार्यालयमा बसेर काम गर्नेले मोटोपनबाट बच्न केही उपाय अपनाउनुपर्ने हुन्छ । त्यसैले थाहा पाउनुहोस् हाम्रो शरीरको तौल बढ्ने कारण । कार्यालयमा बसेर काम गर्नेले मोटोपनबाट बच्न केही उपाय अपनाउनुपर्ने हुन्छ । त्यसैले थाहा पाउनुहोस् हाम्रो शरीरको तौल बढ्ने कारण ।

खाजा नखानु
अफिस चाँडै जाने हतारोमा बिहानको खाजा नखाइ निस्कदा भोक बढ्दछ । जसका कारण भोक बढि भएको नाममा हामी बढि खान्छौ र हाम्रो तौल बढ्ने गर्दछ ।

धेरै बेर बस्ने
अफिसमा काम गर्दा लगातार धेरै बेर बस्दा राम्रोसँग क्यालोरी बर्न हुन पाउँदैन र तौल बढ्न पुग्छ । त्यसैले हरेक घण्टाको काम पछि केहीबेर उठेर टहल्नु पर्दछ ।

कम पानी पिउनु
अफिसमा लगातार काम गर्ने चक्करमा धेरै मानिस पानी समेत पिउन बिर्सन्छन् । यसले पाचन क्रिया खराब हुन थाल्छ र बिस्तारै मोटोपन बढ्न थाल्दछ ।

स्न्याक्स खानु
अफिसमा काम गर्दा अन्य सहकर्मीको देखासेकीमा हाइ क्यालोरीयुक्त स्न्याक्स खाने गर्दा शरीरले अतिरिक्त क्यालोरी पाउँछ र तौल बढ्न सक्छ ।

धेरै समय भोको रहनु
अफिसमा हुँदा समयमा खाना, खाजा नखाँदा र धेरै बेरसम्म भोको रहँदा मेटाबोलिजम स्लो हुने गर्दछ । लामो समयपछि जे खाएपनि राम्ररी पच्न सक्दैन । साथै मोटोपन बढ्न पुग्छ ।

तनाव र डेस्कको खाना
अफिसमा काम गरिरहेका बेला तनावमा रहँदा भोक बढाउने हर्मोनको स्तरमा वृद्धि हुन्छ । यस्तोमा अत्यधिक खाने गर्दछौं, त्यसैले तौल बढ्छ । साथै डेस्कमा काम गर्नेहरूले त्यहि खाना खाजा खादाँ ध्यान खानामा रहँदैन र धेरै खादाँ शरीरमा बोसो जम्मा हुन्छ ।

अबेर राति बस्नुपर्ने
अफिसमा अबेरसम्म बस्नुपर्ने वा ढिला खाना खाँदा राम्रोसँग पच्न पाउँदैन । यस्तोमा यो बोसोमा परिणत हुने गर्दछ । र मानिस स्वतः मोटाउने गर्दछ । एजेन्सी