शोभा गुरुङ,नेपालगन्ज । गुुरुङ्गहरुको महान पर्व ल्होसार बाँकेको नेपालगन्जमा पनि विविध कार्यक्रम गरि मनाईएको छ । गुरुङ जातिको नयाँ बर्ष मुप्री ल्हो (गरुड बर्ग) पौष १५ गतेका दिन देश तथा बिदेशमा पनि धुमधामको साथ मनाइएको छ भने बाँकेको नेपालगन्जमा पनि सम्पुर्ण तमुहरु आ–आफना भेषभुुषामा सजिएर गुुम्बा परिसरमा जम्मा भई लुङ्दा पुजा, १०८ दिप प्रज्वलन गरि, बुद्द भगवानको पुजा अर्चना गरि लामाबाट टीका प्रसाद ग्रहण गरि एक आपसमा शुुभकामना आदान प्रदान गर्दै मनाईएको छ ।

ल्होसारको औपचारिक कार्यक्रममा प्रमुुख अतिथि तमुु ह्युुल छोज धि गुुरुङ्ग राष्ट्रिय परिषदका केन्द्रिय सदस्य अनिता गुरुङ्गले गुुरुङ्गहरुको आफनो भेषभुुषा र भाषालाई संरक्षण गर्नु पर्नेमा जोड दिए। साथै उनले विभिन्न भाषाभाषीको संरक्षणमा प्रतिबद्ध भई जातिगत संस्थाहरु लाग्नु पर्ने बताए ।
सो विषेश कार्यक्रममा विशिष्ठ अतिथि उच्च अदालत तुलसीपुर इजलासका माननीय टक प्रसाद गुरुङ्गले जनजातिको अधिकारलाई सविधानले पनि संरक्षण गरेको हुदाँ आफनो अधिकारलाई राज्यबाट प्राप्त गर्नु पर्नेमा जोड दिए ।
त्यसैगरि तमु ह्युल छोज धि लुम्बिनी प्रदेश न ५ सहसचिव शोभा गुरुङ, आदिवासी जनजाति महासंघका अध्यक्ष डम्बर बहादुुर थापा, नेपाल मगर सघं बाँकेका अध्यक्ष भुपेन्द्र पुन मगर, नेपाल तामाङ्ग घेदुङ्ग, बाँकेका अध्यक्ष सरोज तामाङ्ग, थारु कल्याणकारी सभा परिषदका मंमल चौधरी, तमुु ह्युुल छोज धि गुुरुङ्ग राष्ट्रिय परिषदका पूर्व अध्यक्षहरु युग बहादुर गुरुङ्ग, चेत बहादुर गुरुङ्ग, तमु विद्यार्थी छोज धी बाँकेका अध्यक्ष प्रकास गुरुङ्ग लगायतले आ–आफना विचार तथा शुुभकामना ब्यक्त गरेका थिए ।

उक्त अवसरमा स्व।लाल प्रसाद गुरुङ्ग अक्षय कोष निर्माण गर्न योगदान पु¥याएको भन्दै वहाकी छोरी बिमला गुरुङ्गलाई सम्मान गरिएको थियो ।
ल्होसार विषेश कार्यक्रममा आयोजना गरिएको नृत्य प्रतियोगितामा प्रथम स्वस्तिका गुरुङ्ग, द्धितिय समिक्षा गुरुङ्ग र तृतीय काजल गुरुङ्गलाई नगद रकमले पुरस्कृत गरिएको थियो ।

नृत्य प्रतियोगिताका निर्णायक मण्डलमा पदम गुरुङ्ग र गंगा गुरुङ्ग रहेका थिए । तमुु ह्युुल छोज धि गुुरुङ्ग राष्ट्रिय परिषद, बाँकेका अध्यक्ष भिम गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष हरिता गुरुङ् र कार्यक्रम संचालन श्वेता तमुले गरेकी थिइन ।
तमु ल्होसार २०८० को अवशरमा तमु ह्युल छोज धि कोहलपुर ईकाई कमिटीले पनि विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरि धुमधामका साथ मनाएको छ ।
