• मंसिर १३ २०८१, बिहीबार

सुन तोलामा ५ सय रुपैयाँले बढ्यो, आज कतिमा भइरहेछ कारोबार ?

पुष १७ २०८०, मंगलवार

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । दुई दिनको स्थिरतापछि मंगलबार सुनचाँदी दुबैमा मूल्य बढेको हो।

सुन ५ सय रुपैयाँले बढ्दा सुनको कारोबार मूल्य प्रति तोला १ लाख २१ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार र सोमबार प्रति तोला १ लाख २० हजार ५ सय रुपैयाँ थियो।

गत शुक्रबारको तुलनामा आइतबार तोलामा २ सय रुपैयाँ घटेर कारोबार मूल्य कायम भएको थियो। गत बिहीबार तोलाको १ लाख २२ हजार रुपैयाँ पुगेकोमा १ हजार ३ सयको गिरावटसँगै शुक्रबार तोलाको १ लाख २० हजार ७ सय रुपैयाँ भएको थियो।

चाँदी चार दिनदेखि तोलाको १४ सय ५५ मा स्थिर रहेर मंगलबार ५ रुपैयाँ बढेको छ। चाँदी प्रति तोला १४ सय ६० रुपैयाँ भएको छ। गत बुधबारका तुलनामा १५ रुपैयाँ बढेर बिहीबार प्रति तोला १४ सय ९० भएको थियो। ३५ रुपैयाँ घटेर शुक्रबार तोलाको १४ सय ५५ भएको थियो। उक्त मूल्यमा स्थिर रहेर सोमबारसम्म कारोबार भएको थियो।