• मंसिर १२ २०८१, बुधबार

यी हुन् बचत गर्नुका फाईदा

पुष १७ २०८०, मंगलवार

पैसा बचत गर्ने र सही ठाउँमा लगानी गर्ने गर्नुपर्छ । किनकि पैसाले मात्रै हाम्रो समस्या र आवश्यकता पूरा गर्न सक्छ ।

१. आजको सानो बचतले भविष्यमा ठूलो समस्या टर्न मद्दत पुग्छ ।
२. बचतले खर्चमा अनुशासन हुन सिकाउँछ र भविष्यको सोच गर्ने बानी विकास गर्छ ।
३.. बचतले आफ्नो वित्तिय लक्ष्य पूरा गर्न मद्दत गर्छ ।
४. बचतले अनावश्यक खर्च गर्नबाट जोगाउँछ ।

बचत गर्ने उपाय

१. आफ्नो आम्दानीको केही प्रतिशत छुट्याहाल्ने
२. खर्चमा अनुशासन कायम गर्ने, अतिआवश्यक ठाउँमा मात्रै खर्च गर्ने, फजुल खर्च नगर्ने ।
३. आजको सानो बचतले भविष्यमा ठूलो काम टर्छ भन्नेमा विश्वास राख्ने ।
४. आम्दानीको वैकल्पिक उपायहरु खोज्ने, एउटा मात्र विकल्पमा नबस्ने ।
५. मिहिनेती हुने
६. महंगाभन्दा सादा र स्वस्थकर खानेकुरा खाने । बजारमा किनेरभन्दा घरमै बनाएर खाना खाने बानी बसाल्ने ।
७. खर्च गर्दा पनि खर्चबाटै केही रकम छुट्याएर बचत गरिहाल्ने ।
५. पारिवारिक खर्चको हिसावकिताव राखिराख्ने ।