काठमाडौँ । दक्षिण कोरियामा ‘सिप बिल्डिङ’ अर्थात् पानी जहाजबाट माछा मार्ने काम गर्न जानेहरुको आवेदनको विवादको विषयमा छलफल गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालस्थित दक्षिण कोरियाली राजदूतलाई छलफलका लागि बोलाएको छ ।
मंगलबार बिहान ११ बजे राजदूत एचई तेयोङ पार्कलाई मन्त्रालयमा छलफलका लागि बोलाइएको हो ।
सहसचिव राजीव पोखरेलका अनुसार राजदूतसँग ईपीएसमा देखिएको विवादबारे छलफल गरेर निष्कर्ष निकाल्ने तयारी मन्त्रालयको छ । यसै विषयमा शुक्रबार भएको प्रदर्शन हिंसात्मक बन्दा दुई जना युवाको मृत्यु भएको थियो भने भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी भएको थियो ।