• जेष्ठ ७ २०८३, बिहीबार

पौष १६ बाट इन्टरनेट सेवा बन्द भए सेवा प्रदायकलाई कारबाही गर्ने दुरसञ्चारको चेतावनी

पुष १५ २०८०, आईतवार

काठमाडौं । पछिल्लो समय बेरुजुको कारण विदेशी मुद्रा सिफारिस रोकिएपछि इन्टरनेट सेवा बन्द हुने बताउँदै आएका इन्टरनेट सेवा प्रदायकहरुलाई नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले कारबाही गर्ने पत्र पठाएको छ।

प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुको छाता संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) लाई शुक्रबार बेलुका पत्र पठाउँदै अनुमतिपत्रको शर्त बमोजिम चौविसै घण्टा गुणस्तरिय इन्टरनेट सेवा उपलब्ध गराउन चेतावनी दिएको छ।

मन्त्रालयले विदेशी मुद्रा सटही अनुमति नदिँदा भारतीय अपस्ट्रिम प्रदायकले ब्यान्डविथको भुक्तानी पाउन नसकेपछि इन्टरनेट नै बन्द हुन जोखिम बढेको हो । भारतका टाटा, एयरटेल, सिफ्फी लगायतका अपस्ट्रिम प्रदायकले ब्यान्डविथको भुक्तानीका लागि आज ३१ डिसेम्बर (१५ पुस) सम्मको अन्तिम म्याद दिएका छन् । समस्या समाधान नभए आज राती पुस १५ गते राती १२ बजेपछि इन्टरनेट सेवा प्रभावित हुनेछ ।