• आश्विन १३ २०८१, आईतवार

चिसो मौसममा यसरी बनाउनुहोस् तातो थुक्पा सुप

पुष १४ २०८०, शनिबार

चिसो मौसम सुरु भएको छ । चिसोबाट जोगिन न्यानो लुगा लगाउनेसँगै तातो खान्की खान जरुरी छ । शरीरलाई तातो बनाउने विभिन्न परिकारका तातो सुप खाने गर्नुपर्दछ । त्यसमध्ये चिसो मौसममा खाने परिकार हो – थुक्पा  ।

चिसो मौसममा तात्तातो सुप पिउन सके शरीर न्यानो हुने गर्दछ ।

चिसो मौसममा विभिन्न सुप पिएर शरीरलाई न्यायो बनाउन सकिन्छ । यो मौसममा अधिकांशले कम पानी पिउने भएकाले शरीरमा तरल पदार्थ मात्रा कम हुन सक्छ । यस्तो अवस्थामा विभिन्न समस्या देखिन सक्ने चिकित्सक बताउँछन् । त्यसैले शरीरमा तरल पदार्थको मात्रा कम हुन नदिन फलफूलको जुस, तरकारीको झोल र गेडागुडीको रस प्रशस्त मात्रामा पिउनुपर्ने चिकित्सकको सुझाव छ।

थुक्पा चिसो मौसममा प्राय सबैले खान रुचाउने परिकार हो । यो बनाउने विधि पनि निकै सजिलो छ । जो कसैले पनि बनाउन सक्ने यो परिकार मिठो र जाडोमा निकै पोषिलो पनि मानिन्छ । थुक्पा भेज अथवा ननभेज दुवैमा बनाउन सकिन्छ ।

बनाउने विधि
पहिला उमालेको पानीमा सिन्के थुक्पालाई हालेर केहीबेर उमाल्ने र त्यसलाई निकालेर पखाल्ने र राख्ने । अब सुपको लागि तातो तेलमा ज्वानो मेथी सौंप र कालो जिरा हालेर फुराउने । प्याज हालेर केहीबेर हल्का फ्राइ गर्ने । भेज थुक्पाको लागि केराउलाई हालेर नुन,मसला र टमाटरका साथ पकाउन सकिन्छ भने ननभेज थुक्पाको लागि चिकेन,बफ,पोर्क,मटन आदी आफ्नो इच्छा अनुसार हालेर पकाउन सकिन्छ । पाकिसकेको सुपमा थुक्पा राखेर मथिबाट काटेको धन्या र कागतीको रस राख्न सकिन्छ । अब थुक्पा खानका लागि तयार भयो ।