• मंसिर १३ २०८१, बिहीबार

बिजुली लाइन काटिएको बारेको विवाद छिटै समाधान हुने प्रधानमन्त्रीको आश्वासन

पुष १३ २०८०, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले डेडिकेटेड फिडर तथा ट्रंक लाइन सम्बन्धी विवाद छिटै समाधान गर्ने आश्वासन दिएका छन् । नेपाल उद्योग परिसंघको नेतृत्वमा भेट्न आएका उद्योगीहरसँग प्रधानमन्त्री दाहालले यस्तो आश्वासन दिएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले जानकारी दिए ।

‘यो समस्या समाधानका लागि विगतमा पनि धेरै प्रयास भएको थियो तर, सफल भइएन । अब उद्योग नै बन्द भइसकेपछि विषय तातेको छ, त्यसलाई छिटो समाधान गर्न पनि दबाब पुगेको छ’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै मुरारकाले भने, ‘यसको छिटै समाधान गर्छु ।’

विद्युत महसुल निर्धारण आयोगले महसुल निर्धारण गर्नुअघि र २०७५ को सुरुमै लोडसेडिङ अन्त्य भइसकेपछिको विद्युत महसुल लिन नमिल्नुपर्ने आफूलाई पनि लागेको प्रधानमन्त्रीले बताएको उनले बताए । ‘त्यसबीचको अवधिमा उद्योगहरुले प्रयोगका आधारमा तिर्नुपर्छ भनेर उहाँले नै भन्नुभयो,’ मुरारकाले भने ।