• मंसिर १३ २०८१, बिहीबार

अन्तराष्ट्रिय बजारमा बढ्यो कच्चा तेलको भाउ

पुष १२ २०८०, बिहीबार

काठमाडौं । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ ।

लन्डनस्थित आईसी एक्सचेञ्जको कोमेक्स डिभिजनमा बिहीबार बिहानी कारोबारमा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ शून्य दशमलव १ प्रतिशतले बढेर प्रतिब्यारेल ७९ डलर ७५ सेन्टमा पुगेको थियो । सोही अवधिमा न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई)को भाउ पनि ५ सेन्ट तल झरेर प्रतिब्यारेल ७४ डलर शून्य ६ सेन्टमा किनबेच भइरहेको थियो ।

ढुवानी गर्ने प्रमुख कम्पनीहरूले लाल सागरबाट हुने ढुवानी सुचारु गरेपछि बुधबारको कारोबारमा दुवै बेञ्चमार्कको भाउ २ प्रतिशतले घटेको थियो ।