• मंसिर १२ २०८१, बुधबार

मर्सी चामलले स्वास्थ्यमा गर्ने फाइदाहरु

पुष १२ २०८०, बिहीबार

मर्सी चामलमा(ब्राउन राइस) हुने फाइबरले कोलेस्ट्रोललाई कम गर्न मद्दत गर्दछ। यसले पाचन तन्त्रलाई स्वस्थ राख्न पनि मद्दत गर्दछ। ब्राउन राइसको सेवनबाट अल्जाइमर, डिमें शिया रेटिंग स्केललाई पनि फाइदा गर्छ। विशेषज्ञका अनुसार नियमित रुपमा ३ देखि ६ महिनासम्म ब्राउन राइसको सेवन गरे अल्जाइमर र डिमेंशिया जस्तो स्थितिमा फाइदा मिल्छ।

ब्राउन राइसमा पाइने पौष्टिक तत्व बालबालिकाको स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ। ब्राउन राइसमा पाइने प्रोटिन, फाइबर, कार्बोहाइड्रेट, म्याग्नेसियम आदि बालबालिकाको विकासका लागि निकै महत्वपूर्ण मानिन्छ। ब्राउन राइसमा भरपुर मात्रा एन्टीअक्सिडेन्ट पाइन्छ। जसले विभिन्न किसिमका क्यान्सरको जोखिमलाई पनि कम गर्छ। ब्राउन राइसले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनुका साथै शरीरको तौल कम गर्न पनि मद्दत गर्दछ। सेतो चामलको सट्टा ब्राउन राइसको सेवन शरीरको तौल कर्म गर्नेका लागि फाइदाजनक मानिन्छ।