• आश्विन १३ २०८१, आईतवार

जाडोयाममा बच्चा स्याहार गर्ने तरिकाहरु

पुष १० २०८०, मंगलवार

१। जाडोयाममा बच्चालाई धेरै समस्या देखिने भएकाले सरसरफाइसहित विभिन्न कुरामा ध्यान पुर्‍याउनु आवश्यक छ ।
२। बच्चालाई न्यानो कपडा, टोपी, पञ्जा, मोजा लगाएर प्राकृतिक रुपमै न्यानो बनाएर राख्नु पर्छ ।
३। रुघा लागेको मान्छेसँग घुलमिल नगराउने।
४। बासी खानेकुराहरु नखुवाउने।
५। चिसो चिज सकेसम्म नखुवाउने ।
६। उमालेको पानी पिउन दिने।
७। बच्चालाई रुघा खोकी लागेको छ भने केहीदिन घरमै आराम गराउनु पर्छ ।
८। बच्चा बस्ने र सुत्ने कोठा सधै हावा खेल्ने तर न्यानो बनाएर राख्नु पर्छ ।
९। कोठामा बच्चाले खेल्ने ठाउँमा कार्पेट ओछ्याउनु पर्छ ।
१०। घर बाहिर लैजाँदा मास्क लगाएर मात्र निकाल्यो भने चिसोबाट हुने रोगबाट बचाउन सकिन्छ।
११। जाडो छ भन्दैमा धेरै बाक्ला लुगा लगाएर अनि ओढाएर बच्चालाई असजिलो र गुम्म पार्नु हुँदैन।
१२। बच्चालाई पनि ठूला मान्छेलाई जस्तै जाडो महिनामा खाना रुच्ने गर्छ। त्यसैले स्वच्छ र तातो खानेकुरा बेलाबेला खुवाउनु जरुरी हुन्छ।
१३। सानो बच्चालाई तातो र झोलिलो खानेकुरा पटक–पटक ख्वाउनुपर्छ।
१४। तातो बाक्लो दाल ख्वाउने गर्नाले बच्चाहरु स्वस्थ हुन्छन् र आवश्यक क्यालोरी पनि पाउँछन्।