• मंसिर १५ २०८१, शनिबार

एमाले सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा

पुष ८ २०८०, आईतवार

काठमाडौँ । एमाले सांसद लक्ष्मी महतोकोइरीको निलम्बन फुकुवा भएको छ । आइतबार संसद सचिवालयले कोइरीको निलम्बन फुकुवा गरेको हो ।

यसअघि आइतबार नै सांसद कोइरीले निलम्बन फुकुवाको माग गर्दै संसद सचिवालयमा निवेदन दिएका थिए । संसद सचिवालयका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेले विज्ञप्ति जारी गर्दै सांसद कोइरीको निलम्बन फुकुवा भएको जानकारी दिए ।

कोइरीमाथि मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका असई थमन बिकको हत्या आरोप लागेको थियो । फौजदारी कसुरमा अदालतले थुनामा पठाउने निर्णय गरेपछि उनी संसद पदबाट निलम्बनमा परेका थिए । गत मंसिर २८ गते जिल्ला अदालत महोत्तरीले कोइरीलाई सफाइ दिएको थियो ।

अदालतबाट सफाइ पाएपछि कोइरीले निलम्बन फुकुवाको लागि निवेदन दिएपछि प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम ९५० बमोजिम निलम्बन फुकुवा भएको संसद सचिवालयले जनाएको छ ।