• मंसिर १३ २०८१, बिहीबार

५ महिनामा १४ अर्ब १० करोडको स्मार्ट फोन आयात

पुष ८ २०८०, आईतवार

काठमाडौं । चालू आर्थिक वर्ष २०८०र८१ को पाँच महिनाको अवधिमा विदेशबाट १४ अर्ब १० करोड रुपैयाँभन्दा धेरैको स्मार्ट फोन भित्रिएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा उक्त मूल्य बराबरको स्मार्ट फोन भित्रिएको हो । यस अवधिमा विदेशबाट १५ लाख सेट मोबाइल फोन भित्रिएको तथ्यांक छ । तथ्यांकका अनुसार विश्वका ४९ वटा देशबाट नेपालमा स्मार्ट फोन आयात हुने गरेको छ ।

जसमध्ये सबैभन्दा धेरै चीनबाट १० अर्ब रुपैयाँ बराबरको स्मार्ट फोन भित्रिएको छ । यसपछि, भारतबाट ३ अर्ब  ९४ करोड रुपैयाँ बराबरको स्मार्ट फोन भित्रिएको छ ।

यस्तै, भियतनामबाट ५ करोड ७४ लाख, जर्मनीबाट २३ लाख, संयुक्त अरब इमिरेट्सबाट २ अर्ब ४७ करोड र बेलायतबाट ६० लाख रुपैयाँको मोबाइलफोन भित्रिएको तथ्यांक छ ।