काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको आर्थिक विकासमा सूचना प्रविधि क्षेत्रले महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
सूचना प्रविधि क्षेत्रको विकाका निम्ति सरकारले सकेसम्म योगदान गर्ने उनले उल्लेख गरे । कक्षा–१२ पछि विदेश जाने चलनलाई रोक्दै सूचना प्रविधिमा युवालाई स्वदेशमा नै परिचालन गर्नुपर्नेमा उनले जोड दिए ।
सरकारले आईटी नीति बजेटमार्फत व्यावहारिक कार्यान्वयनतर्फ लगिएको जानकारी दिँदै ५० प्रतिशतभन्दा थोरै कर लगाउने व्यवस्था गरिएको उनले बताए । राज्यले दिएको सुविधाले आईटी बिजनेस बढाउन मद्दत पुग्ने पनि मन्त्री डा. महतले बताए । आउँदा दिनमा आईटी नीति अझ सहज हुने उनको भनाइ छ ।