• आश्विन १३ २०८१, आईतवार

यस्ता ५ किसिमका रोग भएका व्यक्तिहरूले कागती पानी पिउनु हुँदैन

पुष ६ २०८०, शुक्रबार

मानव स्वास्थ्यका लागि लाभदायी कागती पानी स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । विशेषज्ञका अनुसार कागती पानी पिउँदा डिहाइड्रेन र पाचन प्रक्रियासम्बन्धी समस्यालाई कम गर्छ । साथै, यसले तौल कम गर्न पनि मद्दत गर्छ । तर, धेरै मात्रामा कागती पानी पिउँदा शरीरलाई बेफाइदा हुन्छ ।

सरीरको वजन कम गर्ने वा सरीरबाट विषाक्त पदार्थ निष्कासन गर्नमा सहयोग गर्ने हुनाले  कतिपयले अलिक बढि नै कागती पानी पिउने गरेको पाइन्छ र जति धेरै खायो उति नै फाइदा हुन्छ भन्ने मानसिकता रहेको पनि पाइन्छ । तर कागतीपानीको अत्यधिक सेवन स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । यस्ता ५ किसिमका रोग भएका व्यक्तिहरूले कागती पानी पिउनु हुँदैन  :

– कागती पानीमा एसिडको मात्रा धेरै हुन्छ । तसर्थ यस्तो पानी बढी पिउनाले एसिडिटी बढ्ने, मुटुको जलन बढ्ने जस्ता समस्या देखिन्छ ।

– पेटमा अल्सर भएको छ भने पनि कागती पानी नपिउनु राम्रो हुन्छ । यसले पेटमा दुखाइ र जलन निम्त्याउँछ ।

– जुन व्यक्तिको दाँतमा समस्या छ, कागती पानी पिउनाले दाँतमा भएको इनामेललार्इ नष्ट हुन गर्इ दाँत टुक्रिने वा सेन्सिटिभिटी बढ्ने जस्ता समस्या पैदा हुन सक्छ ।

– पिसावसँग सम्बन्धित समस्या छ भनेपनि कागती पानी नपिउनु नै उत्तम हुन्छ । कागती पानी पिउनाले बारम्बार पिसाव लाग्ने हुँदा त्यस्तो समस्यालार्इ झन् प्रभावित गराउँछ ।

– कागती पानीले कफ र पित्त बढाउँछ । यदि व्यक्तिलार्इ कफ एवं पित्तको कुनै समस्या भए यस्तो पानीले अझ समस्या जटिल बनाउँछ ।एजेन्सी