• मंसिर १५ २०८१, शनिबार

क्रिश्चियन धर्मबारे बोलेका मन्त्री किरातीलाई सांसदको खप्की

पुष ५ २०८०, बिहीबार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई सांसद धवलशमशेर राणाले चेतावनी दिएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा उनले मन्त्री किरातीको विवादास्पद अभिव्यक्तिको रियाक्सन ठूलो हुने बताए ।

समितिका सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री समेत रहेका राणाले विवादास्पद अभिव्यक्तिका कारण निम्तने स्थितिको जिम्मेवार सरकार हुनुपर्ने चेतावनी दिए ।

‘यस विवादास्पद अभिव्यक्तिको रियाक्सन ठूलो हुन्छ,’ उनले बैठकमा भने,‘यसको जिम्मेवार तपाईं सरकार हुनुपर्छ ।’ बुधबार मन्त्री किरातीले किस्चियन धर्मका विषयमा दिएको अभिव्यक्तिप्रति विभिन्न टीकाटिप्पणी भइरहेको छ ।