• जेष्ठ ७ २०८३, बिहीबार

यस्तो छ आजको मौसम पूर्वानुमान-

पुष ५ २०८०, बिहीबार
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।

आज दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ। राति पनि यो क्रमले निरन्तरता पाउनेछ ।

देशभरको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ ।