• जेष्ठ ७ २०८३, बिहीबार

बैंकिङ कसुरका २ फरार प्रतिवादी कास्कीबाट पक्राउ

पुष ४ २०८०, बुधबार

काठमाडौं । बैंकिङ कसुरका दुई फरार प्रतिवादी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले कास्कीबाट दुई जनालाई पक्राउ गरेको छ।

बैंकिङ कसुरमा १० दिन कैद र २० लाख रुपैयाँ जरिवाना सुनाइएका पर्वतको कुश्मा नगरपालिका–१० घर भएका सरोज खातीलाई पक्राउ गरिएको छ।

त्यसैगरी २३ दिन कैद र ८० लाख रुपैयाँ जरिवाना सुनाइएका स्याङ्ज्याको आँधिखोला गाउँपालिका–३ घर भएका ६१ वर्षीय भीमबहादुर विश्वकर्मा पक्राउ परेका छन्।