• मंसिर १३ २०८१, बिहीबार

आज कति पुग्यो सुनको मूल्य ?

पुष ४ २०८०, बुधबार

काठमाडौं। बुधबार नेपाली बजारमा सुनको मूल्य १ हजारले बृद्धि हँदा सुनको भाउ प्रति तोला १ लाख १९ हजार रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भएको बढोत्तरीसँगै सुन अघिल्लो दिनका तुलनामा तोलामा एक हजार र चाँदी १५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार तोलामा २ सय बढ्दा सुन १ लाख १८ हजार थियो भने चाँदीमा ५ रुपैयाँ घटेको थियो। गत आइतबार र सोमबार मूल्य स्थिर थियो। ती दुई दिन सुन तोलाको १ लाख १७ हजार ८ सय र चाँदी १४ सय ५५ रुपैयाँले कारोबार भएको थियो।

चाँदी तोलाको १४ सय ६५ रुपैयाँ भएको छ। मंगलबार १४ सय ५० थियो। गत शुक्रबारका तुलनामा १५ रुपैयाँ घटेर आइतबार प्रति तोला १४ सय ५५ रुपैयाँ भएको थियो भने त्यसअघि शुक्रबार तोलाको १४ सय ७० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रति औंस २०२४.४९ डलरले कारोबार भएको सुन बुधबार २०३९.९८ डलर पुगेको छ। आइतबार २०१९.७ डलर चलेकोमा सामान्य बढोत्तरीसँगै सोमबार २०२१.७६ डलर भएको थियो।