टन्सिल हुने समस्या धेरै मानिसमा देखिन्छ । टन्सिल हुँदा गलाको दुवैतर्फ मासुमा गाँठो बन्छ । यसले गर्दा गला सुन्निने, बेस्सरी दुख्ने अनि बोल्ने समस्या हुन्छ । अनि खानाको स्वाद पनि आउँदैन । संक्रमण, ब्याक्टेरिया, गलत खानपान र मौसम परिवर्तनका कारण टन्सिल हुन्छ अनि कब्जियतले पनि टन्सिल गराउँछ । घरेलु उपायले टन्सिल निको पार्न सकिन्छ ।
टन्सिलको लक्षण:
शरीरको उच्च तापक्रम
सुक्खा खकार
ज्वरो आएर जिउ काँप्ने
सास गनाउने
गलाको भित्री भाग रातो हुने
आवाज भारी हुने
खाना निल्न गाह्रो हुने
टन्सिलको घरेलु उपचार
मरिच
मरिच र तुलसीका पातलाई उमालेर गाढा काढा बनाउनुस् । राति सुत्नुअघि दूधमा यो काढा हालेर पिउनुस् ।
मह र दालचिनी
एन्टीब्याक्टेरियल गुणले भरपूर दालचिनीको धूलो र मह मिसाएर दिनमा तीनचोटि खानुस् । त्यसो गर्दा गलाको टन्सिल हट्छ ।
बेसार
बेसार, बीरेनून र मरिच पानीमा हालेर उमाल्नुस् । त्यसपछि त्यो पानीले दिनमा दुईचोटि गला सफा गर्नुस् ।
हर्बल चिया
ग्रीन टीमा ल्वाङ, अलैंची र दालचिनी मिसाएर पिउँदा गलामा जमेको ब्याक्टेरिया र कीटाणु बिस्तारै मर्छन् अनि समस्या हट्छ । यसको साटो अदुवा र मह हालेको चिया पिउन पनि सक्नुहुन्छ ।