• मंसिर १५ २०८१, शनिबार

पहिले नैतिक शिक्षा हुन्थ्यो, देशको माया हुन्थ्यो, अहिले नैतिक शिक्षा छैन : प्र.म दाहाल

पुष ३ २०८०, मंगलवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको शिक्षा प्रणाली परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार संसदको राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले अहिले देशको माया गर्नेहरू नै नभएको बताए ।
‘पहिले नैतिक शिक्षा हुन्थ्यो, देशको माया इतिहासको माया हुन्थ्यो । अहिले छैन,’ प्रधानमन्त्री दाहालले भने,‘अब शिक्षा पनि परिवर्तन गर्न आवश्यक छ ।’

उनले अहिले मुलुकमा रोजगारी नभएका मानिसहरू विदेश नगएको बताए । ‘८० हजार तलब खाने शिक्षक ८० लाख तिरेर किन विदेश गएका हुन् ? राष्ट्र प्रेम मर्दै गएको छ,’ प्रचण्डले भने ।

प्रधानमन्त्रीले आफूले चाहे जति काम गर्न नसकेको स्वीकार गरे । ‘अझ भ्रष्टाचार माथि हान्न मन छ मलाई । भूमाफियामाथि पनि हान्न मन छ,’ उनले भने, ‘केके काम गरेँ, कहाँ गर्न सकिएको छैन । राष्ट्रका नाम सम्बोधन गर्न चाहेको छु । म जनाताको आशा जोगाउनको लागि बल गर्न खोज्दै छु । यो काम मैले नै गर्नुपर्छ भन्ने ठान्छु ।’