१. मर्निङ वाक गर्नाले फुर्तिलो बनाउँछ ।
२. मर्निङ वाक गर्दा पसिना आउँछ , यसले गर्दा पसिनाको माध्यमबाट भएका दुषित पर्दाथ बाहिर निस्कन्छन् ।
३. दिनहुँ मर्निङ वाक गर्नाले काम गर्ने जागर आउनुका साथै मानिसमा खुसिपना समेत आउँछ ।
४. नियमित मर्निङवाक गर्नाले शरीरको तौल घट्नुमा मदत पुग्छ ।
५. कोलिस्टोर घटाउने, रक्तचाप सन्तुलित हुने, सुगर नियन्त्रित हुनमा सहयोग पुग्छ ।
६. मर्निङ वाक गर्नाले हृदयघातको जोखिम कम हुन्छ ।
७. मर्निङ वाक गर्नाले मस्तिष्कघातको जोखिम करिब ३०/३५ प्रतिशत कम हुन सक्छ ।
८. मर्निङ वाक गर्दा शरीरमा सहजरूपमा रक्तसञ्चार हुने भएकाले खुट्टाका नसामा रगत जम्ने समस्याबाट छुट्कारा पाउनुका साथै खुट्टा तथा खुट्टाका नसा सुन्निने समस्या कम हुन्छ ।