• आश्विन १३ २०८१, आईतवार

टमाटरका फाइदै फाइदा

पुष ३ २०८०, मंगलवार

तरकारीलाई स्वादिलो बनाउनका लागि टमाटरको प्रयोग आजभोली अनिवार्य जस्तै भएको छ । टमाटरबाट भिटामिन सी, लाइकोपीन, भिटामिन, पोटाशियम पर्याप्त मात्रामा पाइन्छ । साथै यसको प्रयोगले कोलेस्ट्रोल कम गर्न पनि सहयोग पुग्ने जनाइएको छ ।

मानिसलाई वजन घटाउन पनि टमाटर फाइदाजनक छ । तर टमाटरको सवैभन्दा ठूलो फाइदा भनेको पकाउँदा पनि त्यसको पोषक तत्व जादैन ।

टमाटरको प्रयोगले कयौं रोगको रोकथाम पनि गर्न सकिन्छ ।  बच्चाको मानसकि तथा शारीरिक विकासका लागि टमाटर बहुत फाइदाजनक हुन्छ ।

मोटोपन घटाउनका लागि पनि टमाटरको प्रयोग गर्न सकिन्छ । प्रतिदिन एक देखि दुई गिलास टमाटरको जूस पीउनाले वजन घट्छ । गर्भावस्थामा टमाटरको सेवन गर्न बहुत फइदा हुन्छ । यदी पेटमा जुका वा अन्य किरा भएको खण्डमा टमाटरमा मरिच मिसाएर खादा फाइदा हुन्छ ।

टमाटरको गुदीलाई अनुहारमा दल्दा पनि निकै फाइदा हुन्छ । लेप बनाएर प्रयोग गर्दा धेरै फाइदाजनक हुन्छ ।