• जेष्ठ ७ २०८३, बिहीबार

आज वर्षकै चिसो,काठमाडौंको तापक्रम घट्दै

पुष ३ २०८०, मंगलवार

देशभरका चिसो बढेसँगै विभिन्न ठाउँको तापक्रम घट्दै गइरहेको छ । चिसो बढेसँगै काठमाडौंको तापक्रम घट्दै गएको छ । आज बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ५.५ डिग्री सेल्सियस थियो। यो यसवर्षकै सबैभन्दा कम हो ।

काठमाडौंमा आज दिउँसोको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसबीच रहने महाशाखाले जनाएको छ । सोमबार बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ७.२ डिग्री सेल्सियस थियो । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी दिनमा न्यूनतम तापक्रम अझै घट्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।