बिदुर । कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसभित्र अन्तरघात गर्नेलाई कारबाही गरौँ भन्दा हुँदैन भन्ने गरेको बताएका छन् । नुवाकोटको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले वर्तमान संविधान अनुसार एक मात्र पार्टीको बहुमत नआउने बताए ।
‘संघीय संविधान एकल पार्टीको बहुमत हुन नसक्ने हुनाले कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने हुन्छ । हाम्रो पार्टीमा घात अन्तरघात छ । कारबाही गरौँ भन्दा कारबाही गर्न पाइँदैन भन्छन् । सबै मिलेर हिँड्नुपर्छ । बहुमत ल्याउने प्रयास गरौँ,’ उनले भने ।
सम्मेलनमा डा.शेखर कोइराला, अर्जुननरसिंह केसी, अर्थमन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य बहादुरसिंह लामा, प्रदेश शभापति इन्द्रबहादुर बानियाँ, प्रेस युनियन केन्द्रीय अध्यक्ष शिव लम्साल लगायतका केन्द्रीय नेताहरू सहभागी छन् ।