गिजाबाट रगत आउने (जेन्जिभाइटिस), गिजा हुँदै हड्डीसम्म खिइने (पेरियोडनटाइटिस), गिजाको ट्युमर र गिजामा क्यान्सर हुने गिजामा लाग्ने प्रमुख रोेगहरू हुन् ।
यी रोग लागेमा गिजाबाट रगत आउने, गिजा सुन्निने र गिजामा गिर्खा आउनेजस्ता लक्षण बढ्दै जान्छन् । गिजामा रोग लागेपछि मुख गन्हाउने समस्या हुन्छ । यो संक्रमण भएकाले मुखबाट गन्ध आउने गर्छ।