• मंसिर १३ २०८१, बिहीबार

उखु किसानलाई ५२ करोड रूपैयाँ तत्काल भुक्तानी दिने सरकारको निर्णय

पुष १ २०८०, आईतवार

काठमाडौँ  । सरकारले उखु किसानहरूलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैयाँ तत्काल भुक्तानी दिने निर्णय गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहालसहितको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, मुख्यसचिव डा. वैकुण्ठ अर्याल, अर्थ मन्त्रालय, कृषि मन्त्रालय र उद्योग मन्त्रालयका सचिवहरूलगायत उपस्थित थिए ।

बैठकमा प्रधानमन्त्री  दाहालले कृषि क्षेत्र र किसानहरूलाई प्राथमिकतामा राखेर उत्पादनमुखी नीति, योजना र कार्यक्रम बनाउन एवं कार्यान्वयनमा तत्परता देखाउन मन्त्री र सचिवहरूलाई निर्देशित समेत गरेका छन् ।