• मंसिर १३ २०८१, बिहीबार

हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ)मा पूर्ण रुपमा आवेदन परेपछि बन्द हुने

पुष १ २०८०, आईतवार

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ)मा पूर्ण रुपमा आवेदन परेपछि मात्रै आवेदन लिने कार्य बन्द हुने भएको छ ।

छिटोमा आज आइतबारसम्म आवेदन दिन सक्ने व्यवस्था रहे पनि यस दिनसम्म पूर्ण संख्याको लागि आवेदन नपरेमा पुस ११ सम्म पनि लम्बिन सक्ने छ । यद्यपि पुस ११ अगावै सम्पूर्ण रुपमा आवेदन परेमा बीचमै आवेदन लिने कार्य बन्द हुनेछ ।

सर्वसाधारणबाट कुल २ करोड ४९ लाख कित्ता सेयरका लागि आवेदन माग भएकोमा शनिबार साँझ ५ बजेसम्म २ करोड ८ लाख ९५ हजार ७६० कित्ताको प्रस्ताव परेको छ । अब करिब ४१ लाख कित्ताका लागि आवेदन परेपछि मात्रै आवेदन लिने कार्य बन्द हुने बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ ।