• जेष्ठ ७ २०८३, बिहीबार

कस्तो रहनेछ आजको मौसम ?

मंसिर २९ २०८०, शुक्रबार

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली  रही तराईका केही भू-भागमा हुस्सु लागेको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै आज राति भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।