काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको निवेदनमाथिको सुनुवाइ सकिएको छ ।
उच्च अदालत पाटनमा बिहीबार भएको सुनुवाइ सकिएको हो । न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा उक्त निवेदनमाथि सुनुवाइ भएको थियो ।
पूर्वमन्त्री खाँणलाई धरौटीमा रिहा गर्ने कि थुनामै पठाउने भन्नेबारे यसअघि दुई न्यायाधीशको संयुक्त इजलासमा राय बाझिएको थियो । सुनुवाइ सकिएसँगै आदेशको तयारी गरिएको छ ।