• जेष्ठ ७ २०८३, बिहीबार

१४ किलो सुन तस्करी प्रकरणमा विमानस्थल सरसफाईमा कार्यरत एक जना पक्राउ

मंसिर २८ २०८०, बिहीबार

काठमाडौ‌ । १४ किलो सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सरसफाई सुपरभाइजर सुशीला पाण्डे पक्राउ परेकी छिन्। छानबिन समितिको टोलीले पाण्डेलाई भक्तपुरबाट पक्राउ गरेको हो।

विमानस्थल भन्सार कार्यालयका उप–सचिव मणिराम पौडेल नेतृत्वको समितिले १४ किलो सुन तस्करी प्रकरणको छानबिन गरिरहेको छ।

मङ्सिर २१ गते विमानस्थलबाट १४ किलो सुनसहित गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घले पक्राउ परेका थिए। उनले दुबईबाट उक्त सुन नेपाल ल्याएका थिए। उनकै बयानको आधारमा धुम्बराहीबाट मीनबहादुर घले पक्राउ परेका थिए।

चन्द्र घलले भने आफू भरिया भएको बताएका छन्। एकपटक सुन ल्याउँदा ६० हजार रुपैयाँ पाउने भएकाले सुन बोकेर ल्याएको चन्द्रको भनाइ छ।