• मंसिर १३ २०८१, बिहीबार

आईपीओ जारी गरेको पहिलो त्रैमासिकमै रिपब्लिक मिडिया घाटामा

मंसिर २७ २०८०, बुधबार

काठमाडौं । गत बैशाख ११ गते बोर्डबाट आईपीओ निष्कासन गर्न अनुमति पाएसँगै नागरिक दैनिक पब्लिक कम्पनी बन्ने नेपालको पहिलो सञ्चार माध्यम बनेको थियो।

नेपाल रिपब्लिक मिडियाले आफ्नो वित्तीय विवरणमा कृत्रिम सजावट गरी सर्वसाधारणका लागि सेयर निष्कासन गरेको प्रमाणित भएको छ। आईपीओ जारी भएलगत्तै आफ्नो वित्तीय विवरण प्रकाशन गर्दै यस कम्पनीले १ करोड २२ लाख रुपैयाँ घाटामा रहेको देखाएको छ।

पहिलो त्रैमासिकमै घाटा देखिनुले धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले कमिसनको खेलमा लागेर खराब कम्पनीलाई सर्वसाधारणका लागि सेयर निष्कासन गर्न अनुमति दिएको पुष्टि भएको छ। लामो समय घाटामा रहेको नेपाल रिपब्लिकले प्राथमिक सेयर निष्कासन गर्नैका लागि आर्थिक वर्ष २०७९/८० को अपरिष्कृत वित्तीय विवरणमा नाफा देखाएको छ। रिपब्लिक मिडियाले खरिद गरेको जग्गाको मूल्यांकन बढाएर कुल सम्पत्ति बढी देखाइ नेटवर्थ सकारात्मक बनाएर वित्तीय विवरणमा कृत्रिम सजावट गरेको थियो।

कम्पनीले १०० रुपैयाँका दरले ४३ लाख ५३ हजार कित्ता सेयर जारी गरेर ४३ करोड ५३ लाख रुपैयाँ सर्वसाधारणबाट उठाएको थियो।

रिपब्लिक मिडियाले घाटामा गएको वित्तीय विवरण प्रकाशन गरेपनि मंगलबार सेयर बजार परिसूचक नेप्सेमा भनेको यस कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट ब्रेक लागेको छ। २६.१ रुपैयाँले बढ्दै कम्पनीको सेयर २८७.१० रुपैयाँ कारोबार बन्द भएको छ।