• जेष्ठ ७ २०८३, बिहीबार

आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले दिए राजीनामा

मंसिर २६ २०८०, मंगलवार

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् । मंगलबार अपराह्न ४ बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर थानीले राजीनामा दिएका हुन् ।

उद्योगमन्त्री रमेश रिजालले थानीले राजीनामा दिएको पुष्टि गरे । उनले भने, ‘आज ४ बजे मन्त्रालयमा आउनु भएको थियो । भोलिको दिनदेखि स्वीकृत हुने गरी राजीनामा पत्र बुझाउनु भएको छ ।’

थानीले राजीनामाको कारण भने नखुलाएको मन्त्री रिजालले बताए । थानीले स्वतन्त्र रुपमा बस्न चाहन्छुु भनेपछि आफूले राजीनामा स्वीकृत गरेको उनको भनाइ छ । निगममा २१ महिना बिताएर कार्यकाल सकिनु १५ महिना अगाबै थानीले पदबाट राजीनामा दिएका छन् ।’

थानी खुल्ला प्रतिस्पर्धाबाट २०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए ।