• आश्विन १३ २०८१, आईतवार

जाडोमा छाला सुख्खा किन हुन्छ ?

मंसिर २६ २०८०, मंगलवार

जाडो याम सुरु भएको छ । चिसो बढेसँगै छाला सुख्खा हुन थाल्छ । छालाको नरमपना तथा चमक हराउन थाल्छ । धेरैले भोग्ने थुप्रै समस्यामध्ये छालामा हुने सुक्खापन पनि हो ।

  त्यस्तै, जाडोमा पानीको सेवन कम हुने तथा शरीरबाट पसिना कम आउने भएकोले पनि जाडोमा छाला सुख्खा हुने गर्छ ।

छाला सुख्खा भएपछि खस्रो हुने, फुट्ने आदि हुन्छ । जसका कारण छाला चिलाउने, हात गोडा फुट्ने, छालाको पत्र निस्कने, चिलाउने, दागहरु आउने, अनुहारमा चाया–पोतो आउने तथा बढ्ने समस्या हुन्छ । अर्कोतिर टाउकोमा पनि चाया पर्ने गर्दछ । यस्तै हात खुट्टाका औँला सुन्निएर निलो हुने समस्या समेत हुने गर्छ । यसरी वाहिरी चिसो र भित्री तातोको सन्तुलन नमिल्दा पनि त्यसको प्रभाव छालामा देखिन्छ । त्यसैले जाडो मौसममा छालालाई सुरक्षित राख्न आवश्यक छ ।