• जेष्ठ ७ २०८३, बिहीबार

संघीय संसदका महासचिव गौतमले दिए राजीनामा, पदम पाण्डेको नाम सिफारिस

मंसिर २५ २०८०, सोमबार

काठमाडौं । संघीय संसद सचिवालयका महासचिव भरत गौतमले पदबाट राजीनामा दिएका छन् । आइतबार साँझ उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएको स्रोतले जानकारी दिएको छ । कार्यकाल सकिन आठ महिना बाँकी छँदै गौतमले राजनीनामा दिएका छन् । गौतमले राजीनामा दिनुको कारण खुलिसकेको छैन ।

उनको राजीनामा आएसँगै सोमबार बिहान प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति पौडेललाई भेटेका थिए । उनीहरूले राष्ट्रपति पौडेललाई भेटेर प्रतिनिधि सभा सचिव रहेका पदम पाण्डेलाई महासचिवमा सिफारिस गरेका छन् । पाण्डे यसअघि सचिव पदको जिम्मेवारीमा थिए ।