• आश्विन १३ २०८१, आईतवार

घिउकुमारी जुसको फाइदा र प्रयोग

मंसिर २५ २०८०, सोमबार

एलोभेरा जुस पोषक तत्वले युक्त हुन्छ । यसमा भिटामिन बी, सी, ई र फोलिक एसिड जस्ता महत्वपूर्ण भिटामिन र खनिजहरु पाइन्छ । यो तपाईंको आहारमा समावेश गरेर पोषक तत्वहरुको कमी पूरा गर्न सक्नुहुन्छ ।

घिउकुमारी जेल छाला सफा र कपालको सुरक्षाको लागि प्रभावकारी हुन्छ । ९६ प्रतिशत पानी र एमिनो एसिड्सबाट भरपपुर यस पारदर्शी जेलमा बिटामिन ए, बी, सी र ई हुन्छ । जसले कपालको लागि आवश्यक पोषण प्रदान गर्छ । यसरी एलोभेराले कपाल झर्न कम हुन्छ र कपाल बढ्छ ।

घिउकुमारीमा ल्याक्जेटिभ गुण पाइन्छ । जसले पेट सफा गरेर कब्जियतबाट जोगाउन पनि सहयोग गर्छ । यसमा फाइबरको मात्रा पनि धेरै मात्रामा पाइन्छ । जुन खानेकुरालाई राम्रोसँग पचाउनको लागि सहयोगी हुन्छ । यदि तपाईंलाई बारम्बार कब्जियतको समस्या छ भने दैनिक दुई चम्चा एलोवेराको रस सेवन गर्नुहोस्, यसले पाचन प्रणालीमा सुधार गर्छ । तपाईं घरमै पनि ताजा एलोवेराको पातहरुबाट रस बनाउन सक्नुहुन्छ ।

तपाईंको समग्र स्वास्थ्यको आधार तपाईंको कलेजोको कार्यमा आधारित हुन्छ । घिउकुमारीको रस कलेजोको स्वास्थ्यको लागि एउटा उपयुक्त तरिका हो । तपाईंको शरीर पर्याप्त पोषण र पानीको मात्रा भयो भने कलेजोले पनि राम्रो काम गर्ने गर्छ ।
एलोभेराको उचित मात्रामा उपभोग गर्नाले तपाईंलाई स्वस्थ बनाउन मद्धत गर्छ ।