• मंसिर १३ २०८१, बिहीबार

यो साता सुनको मूल्यले राख्यो रेकर्ड

मंसिर २३ २०८०, शनिबार

काठमाडौं । याे साता सुनकाे भाउले नयाँ रेकर्ड बनाएकाे छ । मंसिर लागेयता नै सुनकाे भाउले एकपछि अर्काे रेकर्ड बनाइरहेकाे छ। साेमबार सुन प्रतिताेला एक लाख २१ हजार ६०० रूपैयाँकाे उच्च स्तरमा पुगेकाे थियाे ।

तर, साताभरमा भने सुनकाे भाउमा गिरावट देखिएकाे छ । लगातार ऐतिहासिक उचाइमा पुगेकाे सुन यस साता केहि सस्तिएकाे छ । यस साता सुन ताेलामा २ हजार रूपैयाँले घटेकाे हाे ।

साताको पहिलो दिन, आइतबार सुन प्रतिताेला एक लाख २० हजार ८०० रूपैयाँकाे उचाइमा पुगेर काराेबार भएकाे थियाे । सुनकाे मूल्य साताको दोस्रो दिन, सोमबार रेकर्डमाथि अर्काे रेकर्ड थप्दै एक लाख २१ हजार ६०० रूपैयाँमा पुग्याे । तर उच्च विन्दुमा खरिदबिक्री भइरहेकाे सुन मंगलबार र बुधबार घट्याे । जुन बिहीबार र शुक्रबार सामान्य वृद्धि भएकाे पाइएकाे महासंघकाे तथ्यांकमा उल्लेख छ ।

शुक्रबार प्रतिताेला एक लाख १८ हजार ८०० कायम भयो । जुन साताको पहिलो दिनको तुलनामा २ हजार रूपैयाँले कम हो ।

यसैगरी, यो साता नेपाली बजारमा चाँदीले पनि उच्च रेकर्ड कायम गर्यो । आइतबार रेकर्ड राख्दै एक हजार ५४५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार एक हजार ४६० रुपैयाँ कायम भयो ।